काठमाडौं। नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता प्रधानमन्त्री केपी शर्मा ओलीले दिएका तीन दिने अल्टिमेटमको कुनै अर्थ नरहेको बताएकी छन् । उनले भनिन्, ‘त्यो कमिटी अवैध छ, अवैध कमिटीको निर्णय मान्य हुँदैन ।’
एमालेले १० औं महाधिवेशन आयोजक कमिटी भंग गर्दै २०७५ जेठ २ को अवस्थामा पार्टी फर्किएको घोषणासहित शुक्रबार केन्द्रीय समितिको १३ औँ बैठक डाकेको थियो। तर, पार्टीको असन्तुष्ट पक्ष माधवकुमार नेपाल समूह उक्त बैठकमा सहभागी भएन। नेपाल समूहले यथास्थितिमा केन्द्रीय समिति बैठक डाकिएको र उक्त कमिटी अवैध रहेको भनेको छ।
माधवकुमार नेपालसहित बसेर गरेको केन्द्रीय कमिटीको निर्णय सहमतिरअसहमति जे भए पनि मान्न भने बाध्य हुने झाँक्रीले बताइन्।‘हामीसमेत बसेर निर्णय गरे पो मान्न बाध्य हुने थियौं। बैठकमा असहमति राख्न सकिन्छ, निर्णय भएपछि मान्न बाध्य हुने थियौं,’ झाँक्रीले भनिन्। तर, अध्यक्ष ओलीले नेपाल पक्षले दुई दिनभित्र हस्ताक्षर फिर्ता नलिए त्यसैलाई पार्टी फुट मान्ने चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ असार २०७८, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यक्तिको सङ्कट टार्न भएको एकता अनेकतामा विभाजित हुन सक्छ : रामकुमारी झाँक्री
सजाय भोग्न तयार तर माफी नमाग्ने रामकुमारी झाँक्रीको अडान
रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन सात दिन समय थप
मलाई स्पष्टीकरण सोधिएको छैन, म नै भ्रम छरेको बारेमा स्पष्ट हुन निवेदन दिन आएकी हुँः नेतृ झाँक्री
नेकपा एसले रामकुमारी झाँक्रीलाई साध्यो तीन दिने अल्टिमेटमसहितको स्पष्टीकरण
अर्ली महाधिवेशनबाट अध्यक्ष फेरौँ, सिनो काँधमा बोकेर हिँड्न सकिँदैन: रामकुमारी झाँक्री