बार्सिलोनासँग फुटबलर मेस्सीको सम्झौता समाप्त, स्वतन्त्र भएसंगै जालान् त अब अर्को क्लब ?

एजेन्सी

विहीबार, १७ असार २०७८, ०९ : ०७
बार्सिलोनासँग फुटबलर मेस्सीको सम्झौता समाप्त, स्वतन्त्र भएसंगै जालान् त अब अर्को क्लब ?

एजेन्सी ।  अर्जेन्टेनी फुटबल स्टार लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता अवधि पूरा भएको छ । सम्झौता अवधि समाप्त भएसंगै उनी अब स्वतन्त्र भएका छन् । 

कोच र क्लव ब्यवस्थापनसँग चर्को मतभेदपछि गत वर्ष नै बार्सिलोना छाड्न खोजेका मेस्सी अब नयाँ क्लवमा जान्छन् या बार्सिलोनामा नै बस्छन् केही खुलाएका छैनन् ।

बार्सिलोनासँगको उनको सम्झौता बुधबार मध्यरात सकिएको हो ।  इंग्लिस क्लब म्यानचेस्टर सिटी तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मेस्सीलाई भित्राउन खोजेको चर्चा छ । तर यसको ठोस निर्णय भएको छैन ।