काठमाडौं । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।
स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उनले जनाए। उनले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाए। ‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले नागरिकसँग भने, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ,’ उनले थपे, ‘विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ।
बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।’ नियन्त्रक जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ। ‘यसपटक परीक्षाहरू बिहान एक सिफ्टमा मात्र हुने बोर्डले तय गरेको छ,’ नियन्त्रक जोशीले भने, ‘कोरोना जोखिमका कारण लकडाउन जारी नै रहेको अवस्थामा विद्यार्थीलाई बढीमा हिँडेर आधा घन्टाको दूरीमा केन्द्र तय गरिएको छ।
बढीमा १३ किमीको दूरीमा केन्द्र तोकिएको छ।’ उनले तराईका वीरगन्ज, जनकपुर र सिराहा जिल्लामा एउटै सहरमा तीनभन्दा बढी केन्द्र पनिकाले तोकेको यो पहिलोपटक हो। जसकेसम्म विद्यार्थीलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गर्नु पनिकाको मुख्य उद्देश्य रहेको बताए। नियन्त्रक जोशीले सेमेस्टर प्रणालीका झन्डै एक लाख विद्यार्थीको परीक्षा पनि साउनको दोस्रो सातादेखि हुने तय भएको जनाए। ‘दसैंपछि स्नातक चौथो वर्षको परीक्षा हुने छ,’ उनले भने, ‘उपत्यकामा मात्र ८० केन्द्र तोकिएको छ। हिमाली जिल्लामा विगतमा एकवटा केन्द्र हुने गरेको थियो भने यसपटक दुईवटासम्म तोकिएको छ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, १० असार २०७८, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिविको वार्षिक साधारण सभाबाट ६३ औँ ग्रेस लिष्ट पारित
यो वर्ष त्रिविबाट ग्राजुएट हुँदै ९० हजार विद्यार्थी
सर्वोच्चको आदेशपछि आंशिक प्राध्यापकले खोले त्रिभुवन विश्वविद्यालयको ताला
त्रिवि सभा सदस्य मनोनयन प्रक्रियामा स्ववियुकाे आपत्ति
त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ
त्रिवि उपकुलपतिको कार्यकक्षमा तोडफोड