वरिष्ठ अधिवक्ता शम्भु थापाले भने– जनताको प्रतिनिधिलाई सरकार बनाउन रोक्ने को हो ?

सफल खबर संवाददाता

बुधबार, ०९ असार २०७८, १७ : ४७
वरिष्ठ अधिवक्ता शम्भु थापाले भने– जनताको प्रतिनिधिलाई सरकार बनाउन रोक्ने को हो ?

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले जनताको प्रतिनिधिलाई सरकार बनाउन रोक्ने को हो ? (हु आर यु) भनेर प्रश्न गरेका छन्। संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको मुद्दाको सुनुवाइको क्रममा थापाले जनताको प्रतिनिधिलाई कसैले रोक्न नसक्ने बताएका छन् ।  ‘

१४९ सांसदको दावी पेश गरेपछि पनि कसैले सरकार बनाउन रोक्न सक्छ ? थापाले राष्ट्रपतितर्फ इंगित गर्दै प्रश्न गरेका हुन् । 
उनले विश्वासको मतको आधार फ्लोर टेष्ट भएको तर्क पेश गरे । उनले प्रधानमन्त्री र राष्ट्रपतिले भनेजस्तै यो राजनीतिक प्रश्न नभएको जिकिर गरे । ‘म विश्वासको मत पाउन सक्दिनँु भनेर राजीनामा नदिनु चाहिँ राजनितिक प्रश्न हो ।

विश्वासको मत नपाएपछि संविधान बमोजिम पदमुक्त हुनुपर्दैन ? थापाले भने, ‘केपी ओलीजी जसरी विश्वासको मतबाट बाहिर जानुभो, उहाँलाई अब ७६ को उपधारा ५ अनुसार दाबी गर्ने अधिकार छैन ।’ 

प्रतिक्रिया दिनुहोस