काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ ।
प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत बदर गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद् पाँच सदस्यीय बन्न पुगेको हो ।
मन्त्रिपरिषद्मा अब प्रधानमन्त्री ओली, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र कानुनमन्त्री लीलानाथ श्रेष्ठ मात्र बाँकी रहेका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री पौडेलको उपप्रधानमन्त्री पद भने गुमेको छ ।
गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, उद्योगमन्त्री राजकिशोर यादव, कृषिमन्त्री ज्वालाकुमारी साह, वनमन्त्री नारदमुनि राना, संघीय मामिला तथा सामाज्य प्रशासनमन्त्री गणेश पहाडी, प्रधानमन्त्री कार्यालय हेर्नेगरी नियुक्त भएका मन्त्री मोहन बानियाँ र वन राज्यमन्त्री आशाकुमारी विक सर्वोच्चको अन्तरिम आदेशसँगै १२ दिनमा नै पदमुक्त भएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०९ असार २०७८, ०६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद्को आकस्मिक बैठक दिउँसो १ बजे बस्दै
सरकारले प्रतिवेदन अनुसार कार्य गरेको दाबी
यस्ता छन् मन्त्रिपरिषद्का ७ निर्णय
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद्ले पायो पूर्णता
मधेश सरकारको मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री नियुक्त
जाँचबुझ आयोगको कार्यक्षेत्र थप गर्ने मन्त्रिपरिषद्को निर्णय