युरो २०२० : समुह चरणको बेल्जियममा तेस्रो जित, डेनमार्क पनि नकआउट चरणमा

एजेन्सी

मंगलबार, ०८ असार २०७८, ०९ : ४०
युरो २०२० : समुह चरणको बेल्जियममा तेस्रो जित, डेनमार्क पनि नकआउट चरणमा

एजेन्सी । युरो २०२० मा  बेल्जियमले सोमबार फिनल्यान्डलाई खेलमा २–० ले हराएको छ । यससँगै टोलीले आफ्नो फुटबल इतिहासमा पहिलोपल्ट समूह चरणका सबै खेल जितेको उपलब्धि  बनाएको छ ।

हारपछि फिनल्यान्डले भने नकआउट चरण पुग्ने सम्भावनाका लागि अन्य खेलका नतिजा कुर्नुपर्ने भएको छ । यसै समूहको अर्को खेलमा डेनर्माकले रुसलाई कोपनहेगनमा भएको खेलमा ४–१ ले हराई नकआउट चरणको यात्रा तय गर्न सफल रह्यो । सेन्ट पिटर्सबर्गमा भएको खेलमा विश्ववरीयताको नम्बर १ टिमका लागि रोमेलु लुकाकुले एक गोल गरे भने अर्को गोल फिनल्यान्डका गोलरक्षक लुकास हारडेकीको नाममा आत्मघाती रह्यो ।

बेल्जियमको तीन खेलबाट अधिकतम नौ अंक भएको छ । डेनमार्क तीन अंकसाथ दोस्रो स्थानमा रह्यो । उसले अब आम्स्ट्रडममा हुने अन्तिम १६ को खेलमा वेल्सको सामना गर्ने निश्चित भएको छ । फिनल्यान्ड र रुस पनि समान तीन–तीन अंकमा रहे । डेनमार्कको जितमा मिखेल डाम्सगार्ड, युसुफ पोल्सन, आन्ड्रेस क्रिस्टेन्सन र जोकिम माहेलले एक–एक गोल गरे ।

प्रतिक्रिया दिनुहोस