काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकटकाले उनीमाथि उपसभापति विमलेन्द्र निधिलाई मिलाएर १४औं महाधिवेशनको तयारीमा जुट्न सुझाएका छन्।
उनीहरूले उपसभापति निधिलाई छाडेर प्रतिस्पर्धामा जुट्दा सकारात्मक परिणाम निकाल्न कठिन हुने बताउँदै समझदारी गरेर अघि बढ्न सुझाएका हुन्।
सभापति देउवाले १४औं महाधिवेशनमा पनि आफू उम्मेदवार बन्न लागेकाले सहयोग गर्न आग्रह गरेको जानकारी दिँदै केन्द्रीय सदस्य महालक्ष्मी उपाध्यायले भनिन्, ‘उहाँले म अन्तिमपटक उठ्ने हो, सहयोग गर्नू भन्नुभएको छ। हामीले उपसभापति निधिसहित सम्पूर्ण टिमलाई एक ढिक्का बनाएर अघि बढ्न भनेका छौं।’
देउवाले उपसभापति निधिलाई अर्को पटक सभापतिको उम्मेदवार बन्न आग्रह गरेका थिए। जवाफमा निधिले आफू धेरै अघि बढिसकेको बताएको देउवाले निकटकालाई सुनाएका छन्।
देउवाले आफू टिमका लागि मात्र नभएर सिंगो पार्टीलाई नै एकढिक्का बनाएर अघि बढ्ने पक्षमा रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन्। ‘म सभापतिमा एकपटक उठ्छु, कुनै दुविधामा नपर्नुहोला,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘विगतमा जस्तै तपाईंहरूबाट सहयोगको अपेक्षा गरेको छु।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
सोमबार, ०७ असार २०७८, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग छलफल गरेर निकास खोज्ने गगन-विश्वसँग देउवाको प्रतिबद्धता
बालेनले गरे देउवाको फेसबुक पोस्टमा कमेन्ट - सारै गारो हुने रहेछ भीपीएनबाट चलाउन त !!’
पार्टीको आदेश मानेर कर्मचारीले काम गर्नु हुँदैन : देउवा
काँग्रेस सधैँ नवप्रवर्तन र रूपान्तरणको पक्षमा छ: देउवा
सूचना प्रविधिले जनतालाई छिटो छरितो र पारदर्शी सेवा दिन मद्दत पुर्याइरहेको छ : देउवा
देउवाले भने-‘लैंगीक समानताले समाज सम्मानित, सुरक्षित र समावेशी बन्छ’