काठमाडौं । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ ।
हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?
सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ ।
स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएन ।
यी मागहरुका विषयमा केपी ओली र प्रभु साह बीच पटक पटक वार्ता भयो । कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताहरुको पनि सहभागिता थियो, तर प्रगति भने खासै हुन सकेन ।
आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको थियो । प्रधानमन्त्री लगायतका एमाले नेताहरुले प्रभु साहलाई पटक पटक फकाउने प्रयास गरेतापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो, “एमाले ब्युतेपछि पार्टीको निर्णय पुस्तिका (माईन्युट) मा प्रभु साहले हालसम्म पनि हस्ताक्षर गर्न नमाने पछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।” राजधानी दैनिकमा खबर छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ असार २०७८, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह