काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् । सभापति देउवाले शनिबार प्रदेश १ र प्रदेश २ का आफूनिकट नेताहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाएर महाधिवेशनमा आफ्नो उम्मेदवारीबारे मुख खोलेका हुन् ।
सो क्रममा देउवाले महाधिवेशन निर्धारित मितिमा नै हुने र आफू पार्टीको नेतृत्वका लागि सभापतिमा एकपटक पुनः उठ्ने बताए । ‘पार्टीको महाधिवेशन अब तोकिएकै मितिमा हुन्छ, यसमा कुनै दुई मत छैन, म सभापतिमा उठ्छु, आउने चुनावमा पार्टीलाई पहिलो बनाउने चुनौती छ, सबैले सहयोग गर्नेगरी वातावरण बनाउनुस्,’ देउवाले राखेको धारणाबारे जानकारी दिँदै केन्द्रीय सदस्य मीन विश्वकर्माले राजधानीसँग भने ।
बिहान प्रदेश १ का नेताहरूलाई भेटेका देउवाले दिउँसो भने उपसभापति विमलेन्द्र निधिसहितका नेताहरूसँग पनि छलफल गरेका थिए ।
सो छलफलमा समेत देउवाले आफू महाधिवेशनमा सभापतिका लागि भिड्ने बताएका थिए । देउवाको सो भनाइपछि उपसभापति निधिले पनि सभापतिमा आफू पनि उठ्ने जानकारी देउवालाई गराएका थिए । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ असार २०७८, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘लखन थापा मगरलाई प्रथम शहीद घोषणा काँग्रेसले नै गरेको हो’ : देउवा
भ्रातृ संस्थाका महाधिवेशन निर्देशन समिति पदाधिकारीसँग बुढानीलकण्ठमा छलफल
पर्वहरू पहिचानसँगै सामाजिक एकता र संस्कृतिका प्रतीक हुन् : सभापति देउवा
पर्वहरूको मौलिकता जोगाउनु हाम्रो सामूहिक दायित्व : देउवा
लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा
अब मेरो राजनीतिबाट रिटायर्डको बेला भयो: देउवा