न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा

रासस

शुक्रबार, ०४ असार २०७८, २१ : ०१
न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा

काठमाडौं । समयमै न्याय सम्पादन हुन नसक्दा जिल्ला अदालत दोलखामा मुद्दाको चाङ लागेको छ । अहिले २९६ मुद्दा फैसला हुन बाँकी छन् । 

बढ्दो कोरोना भाइरस सङ्क्रमणका कारण गत चैतदेखि नै नयाँ मुद्दा दर्ता नगरेपनि चालू आर्थिक वर्षमा दर्ता भएका ५८६ मुद्दामध्ये २९० वटा मात्रै फैसला भएका छन् । गत चैतदेखि प्रहरीले ल्याएका अभियोग पत्र मात्र दर्ता हुने गरेको जिल्ला अदालतका नायब सुब्बा कृष्ण प्रसाद पौड्यालले बताए ।

उहाँले निषेधाज्ञा अवधिमा सजाय निर्धारण गर्ने ५ वटा मुद्दा, पक्राउ, स्वीकृती तथा अनुमति, कल डिटेल माग र म्याद थपको मात्र सुनुवाई भएको जानकारी दिनुभयो ।  नेपाल वार एशोसिएशन दोलखाका पूर्वअध्यक्ष कृष्णबहादुर बस्नेतले प्रमाण बुझ्न बाँकी भएका कारण मुद्दा फैसला हुन ढिलाई भएको हुन सक्ने बताए ।

“सम्बन्ध बिच्छेदका मुद्दा जिल्ला अदालत दोलखामा धेरै दर्ता छन”, उनले भने, “ती मुद्दाहरु दर्ता भएको एक वर्ष नपुगी फैसला नहुने हुँदा ढिलाई भएको देखिएको मात्र हो ।” न्यायाधीश र कर्मचारी गरी चार जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको हुँदा न्याय सम्पादनमा केही ढिलाई भएको उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस