सविता भण्डारी मृत्यु प्रकरणमा चितवनका राजनितिकर्मी तथा अधिकारकर्मी महिलाहरुद्धारा प्रशासनको ध्यानाकर्षण

रासस

विहीबार, ०३ असार २०७८, २१ : १७

काठमाडौं । बैशाख ४ गते आत्महत्या भयो भनिएकी चितवन शारदानगरकी सविता भण्डारीको घटना प्रकरणलाई लिएर उठेका गंभिर सवालहरुमा चितवनका राजनितिकर्मी र अधिकारकर्मी महिलाहरुले आज स्थानिय प्रसाशनको गंभिर ध्यानाकर्षण गराएका छन् । 

चितवनमा क्रियाशिल संघसंस्थाहरुको साझा अभियान यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवन र यसमा आवद्ध बिभिन्न संघसंस्था र अन्तरपार्टी महिला संजालले आज सयुक्त रुपमा बिज्ञप्ति जारी गरि घटनाको बिषयमा ध्यानाकर्षण गराएका हुन् । 

विज्ञप्तिमा सविता भण्डारीको घटना आम नेपाली महिलामाथि भएको दमन, शोषण, हिसां र चुनौतीको प्रतिनिधि घटना भएको भन्दै यस्ता खाले घटनाहरु दोहोरिदै जाने हो भने अपराधिक मानसिकता वोकेका व्यक्तिहरुलाई सांकेतिक रुपमा थप उर्जा प्रदान गर्ने उल्लेख गरिएको छ । 

यौनजन्य हिसां बिरुद्धको साझा अभियान चितवनका संयोजक तथा अधिकारकर्मी मिना खरेल तथा सहसंयोजक संगीता भट्टराई र अन्तरपार्टी महिला सजालकी अध्यक्ष महादेवी खतिवडाको अगुवाईमा जारी गरिएको विज्ञप्तिमा सिंगो नेपाली समाजलाई हिसां, दुव्र्यवहारवाट जोगाउन पिडक पक्षलाई हदैसम्मको कानुनी कारवाही गरी कैद र जरिवाना गर्न माग गरिएको छ ।  

विज्ञप्तीमा सम्मानित चितवन जिल्ला अदालतवाट पिडक वा प्रतिवादीलाई कानुन वमोजिम हदै सम्मको कारवाही गरियोस् भन्ने माग गर्दै आत्महत्या दुरुत्साहन मुद्धालाई सामान्यकरण नगरि सम्मानित अदालतले यस घटनामा कडा भन्दा कडा सजाय गरेर एउटा उदाहरणीय र सार्थक सन्देश प्रवाह गर्ने कुरामा विश्वास लिएको उल्लेख गरिएको छ । 

यस्ता घटनामा कानुन बमोजिम अधिकतम सजाय गर्न सकेमा महिलामाथि हुने हिसां रोक्न टेवा पुग्छ भन्नेमा विश्वस्त रहेको भन्दै दोषीलाई कडा भन्दा कडा कारवाही होस् भन्ने माग गरिएको छ । 

त्यस्तै सामुदायीक सेवा केन्द्र नारायणगढका  महेश पौडेल , नारी अभ्युदय केन्द्र नारायणगढ सत्या गुरुगं, नारी उत्थान केन्द्रका तुलसी श्रेष्ठ, चितवन सक्रिय महिला प्रतिष्ठानका दिक्षा रिमाल, माईती नेपाल, चितवनका ईश्वर गीरी, आफन्त नेपालका कार्यक्रम निर्देशक करुणा त्रीखत्री, चेली नेपालका कार्यक्रम सयोजक नीशा गीरी, वेटर चितवन संयोजक बिमोचन आचायर्,  मनकामना फाउण्डेसनका मञ्जु सिम्खडा, आदर्श आमा समुहका अध्यक्ष वेलपत्र मास्के, जिल्ला महिला पैरवी मञ्चका अध्यक्ष शकुन्तला हमाल, पारिजात आमा समुहका सावीत्री आर्चाय,  सक्षम नेपालका अध्यक्ष प्रकाश थापा पौरखीको लागि महिला सारथी अभियान चितवनका रजनी मास्के, लेडिज जेसीज नारायणगढका संझना प्रधान, परिचय नेपालका वन्दना खाँड , लायन्स क्लव अफ भरतपुर चौतारी, महाकालेश्वर आमा समुहका उर्मीला पन्त , लाली गँुरास आमा समुहका सरस्वती शर्मा, महिला अधिकार मञ्चका विष्णु अधिकारी , समावेशी टोल विकास संस्था शारदानगर, सृजना महिला विकास सहकारी संस्थाका अध्यक्ष इन्दु गुरुगं, जयकालीका महिला विकास सहकारीका अध्यक्ष विन्दु पन्त, इनरब्हील क्लव भरतपुरका रमा सापकोटा , पैरवी नेपाल थ्री एन्जल नेपाल लगायतका सस्थाहरुले साझा अभियानको माग र ध्यानाकर्षणप्रति सहमति जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस