काठमाडौं । ‘अहिले दोस्रो वरियताको अध्यक्ष स्वीकारेर जाऔँ, बाँकी कुरामा भित्रै बसेर लडौँ’ भन्दै एमाले वरिष्ठ नेता माधव नेपाललाई कन्भिन्स गर्न पुगेका केही नेता मन दुखाएर फर्किएका छन् ।
एमाले–माओवादी एकता गरिँदा प्रचण्डलाई दोस्रो वरियताको अध्यक्ष बनाइएकै हो । त्यसबेला बालुवाटारस्थित प्रधानमन्त्री निवासमै पार्टीको बैठक राख्ने, अनि केपी आफैँ बैठकमा नजाने , न अर्को अध्यक्षलाई बैठक चलाउन दिने, न त प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मा दिएर पनि बैठक बोलाउन र चलाउन सहज गर्ने त्यही भुक्तमान, जो भोग्नुसम्म भोगेर प्रचण्ड हैरान हुनुभयो, अहिले माधवको थाप्लोमा अड्याउन उहाँ पक्षकै भनेर बाहिर चिनिएका केही युवा नेता लाग्नुभएको चर्चा छ ।
एकजना नेताले माधवलाई सुझाव दिएका छन्, ‘दोस्रो अध्यक्ष स्वीकारेर केपीसँग मिल्दा हामीले उठाएको विधि, विधान र प्रक्रियाका मुद्दा कहाँ पुग्छन् ?’ तपाईंले पद पाएपछि विधि, प्रक्रिया केही होइन भन्ने सन्देश जान्छ कि जाँदैन ?’ यसो भनेपछि माधवले को–पाइलट बन्ने प्रस्ताव अस्वीकार गर्नुभएको एमालेस्रोतले जनाएको छ ।
बरु, संसद विघटन र देउवालाई प्रधानमन्त्री बनाउने सन्दर्भमा परमादेश माग गरी सर्वोच्चमा दायर रिटमाथि फैसला आउनुअघि केही रणनीतिक संयमता अपनाउने निश्कर्षमा माधव समूह पुगेको छ । यसबीच एमालेकै सांसदको नाममा प्रदेशका सरकार ढाल्ने, नयाँ सरकार बनाउने जस्ता काम नगर्ने नीति लिइएको छ । त्यहीअनुसार, गण्डकी प्रदेशमा बाग्लुङका सांसद इन्द्रलाल सापकोटाले २७ भाइसँग मिलेर पृथ्वीसुब्बा गुरुङको पक्षमा मतदान गरेका छन् । जनआस्था साप्ताहिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ असार २०७८, ०८ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश
माधव नेपाल अस्पताल भर्ना
माधव नेपालको पार्टी दर्ता खारेजीको माग सर्वोच्चद्वारा अस्वीकार
‘प्रतिनिधि सभा निर्वाचनका लागि प्रस्ताव आए मिलेर अगाडि बढ्न सकिन्छ’ : माधव नेपाल
देशभित्र एकताको लागि नेकपाको विकल्प छैन: माधव नेपाल
झलनाथ पत्नी चित्रकारको स्वास्थ्य अवस्था बुझ्न डल्लु पुगे ‘प्रचण्ड’ र माधव नेपाल