एमाले छिरेका पूर्वमाओवादी समुहभित्रै भाँडभैलो, बादलले धोका दिएको निश्कर्ष

यसरी बनिन् बादलपत्नी नैनकला सञ्चारमन्त्री ?

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ०८ : ११
एमाले छिरेका पूर्वमाओवादी समुहभित्रै भाँडभैलो, बादलले धोका दिएको निश्कर्ष

काठमाडौं । वर्षाे माओवादी आन्दोलनमा लागेको र बनाएको पहिचानलाई चटक्कै भुलेर एमालेको जनताको वहुदलीय जनवादको भासमा चुलुम्मै डुब्न रामबहादुर थापा (बादल) सहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङ लगायतका केही नेताहरु एमाले प्रवेश गरे ।

झण्डै –झण्डै नेकपाको पहिचान कायम रहेका भए यतिबेला राजनीतिक धरापमा पुगिसकेका हुन्थ्थे प्रधानमन्त्री ओली । तर ओलीलाई सर्वाेच्च अदालतले २३ फागुनको नेकपा एकता बदर गर्ने निर्णयले राहत दिलायो । त्यसपछि उनी माओवादी समुहका नेतालाई आफुतिर तान्ने प्रयासमा लागे ।

बादलले त उनलाई नेकपाकालमै पनि भित्रिया सहयोगीको रुपमा सहयोग गदैं आईरहेकै थिए । ओलीले अन्य केही नेतालाई पनि आफुतिर तान्ने प्रयास गरे ।

एमाले छिरेका रायमाझी, भट्ट, थापा लगायतलाई त्यक्तिबेला ओलीले मन्त्रीको अफरसम्म गरेर एमालेमा तान्न सफल भए । उनीहरुलाई मन्त्री सम्म पनि बनाए । तर जब उपयोगिता सिद्दियो, ओलीले बादललाई समातेर अरु माओवादी धारका नेताहरुलाई  अहिले एमालेभित्रकै ओछ्यानामा मिल्काईदिएका छन् ।

ओली आफनो सत्ताकबजका लागि जुनसुकै सम्झौता गर्न तयार हुन्छन् भन्ने अहिले उनले बनाएको मन्त्रिमण्डल र साथ लिएको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षलाई दिएको महत्वबाट पनि पुष्टि हुन्छ ।

उनले जसपाको यो पक्षलाई ११ वटा मन्त्री दिएर सरकारमा सहभागी गराएका छन् । यसो गर्दा ओलीले क्याविनेटमा माओवादी छोडेर एमालेमा लागेकालाई २ वटा मनत्रालय दिएका छन् । तर त्यसरी दिएको मन्त्रालयमा बादलले एकलौटी गरेका छन्, माओवादी धारबाट एमाले छिरेका नेताहरु हेरेको हेरयै बनेका छन् ।

यसरी बनिन् नैनकला मन्त्री
बादलले आफनो पूर्व माओवादी समुहका कुनै नेतासँग मन्त्रीका विषयमा छलफल गरेनन । उनले कसैसँग छलफल नै नगरी राजनीतिबाट अलग रहेकी र घरगृहणीमा मात्रै जीवन चलाईरहेकी पत्नी नैनकला थापा लाई सञ्चारमन्त्री बनाए ।

सर्वाेच्च अदालतले जेठ ६ गते सांसद नरहेका ब्यक्तिलाई बारम्वार मन्त्री पदमा पर्नूनियुक्ति दिन रोक्न अन्तरिम आदेश दिएपछि बादल सहितका माओवादी धारका ७ जना मन्त्रीको पद गुमेको थियो । त्यसपछि ओलीले माओवादी मन्त्रीलाई दिएको ७ ओटा पद जसपाका नेताहरुलाई बाढ्नलाई सहज बनाईदियो ।

अघिल्लो दिन अन्तरिम आदेश सहित बादल सहित गैहसांसदलाई मन्त्री बन्न रोक्न परेको रिटमा सर्वाेच्चले अन्तरिम आदेश दिएन । तर भोलिपल्ट अन्तरिम आदेश दियो । यसभित्र सेटिङको चर्चा पनि चल्ने गर्छ । भलैं त्यो के हो विस्तारै खुल्दै जाला । तर त्यसपछि भने जसपाको महन्थ पक्षलाई धेरै नै मन्त्रालय दिएर आफुतिर लोभयाउन ओलीलाई सहज वाताबरण ननिदियो ।

त्यसबेला ओलीले माओवादी धारका यी नेताहरुसँग मन्त्री बन्नेहरुको नाम मागे । तर बादल सहितका रायमाझी, भट्ट लगायत नेताले सर्वाेच्चका अन्तिम फैसल्ला नआउँदा सम्म कुर्न निक्कै जोडबल गरे । सर्वाेच्चको अन्तिम फैसला आएपछि आफुहरुलाई मन्त्री बन्ने बाटो खुल्ने अपेक्षा यी नेताहरुले राखेका थिए । त्यसपछि उनीहरुले नाम नदिई फर्के ।

ओलीले २ जनाको नाम पठाउन माओवादी धारका नेतालाई आग्रह गरे । तर उनीहरुले नाम दिएनन । भए आफै हुने, नत्र अरुको नाम नपठाउने निश्कर्षमा उनीहरु पुगे । तर यसो गर्दा त्यो दुई मन्त्रीको पद पनि गुम्ने देखेपछि बादलले पूर्व माओवादी धारका कुनै नेतासँग सल्लाहै नगरी आफ्नै घरगृहणी बनि बसेकी पत्नी नैनकलाको नाम सिफारिस गरेर पठाए ।

त्यो पनि बादलले सञ्चारमन्त्रीको रुपमा बनाउनु पर्ने भन्दै सिफारिस गरेर पठाए । शुरुमा बादलहरु मन्त्रीका रुपमा नजादा रास्ट्रियसभा चुनावमा पराजित चन्द्रबहादुर खड्का, रोल्पाका नविन रोकामगरको नाम सिफारिस हुनसक्ने चर्चा थियो । तर बादलको परिवारमा अरुलाई मन्त्री बनाउनुभन्दा आफ्नै घरबाट मन्त्री बनाउने विषयमा चर्चा चल्यो ।

राजनीति भोलिका लागि के हो ? के  अहिले पाएको अबसर आफैले सदुपयोग गर्नुपर्छ, त्यसो गर्दा राजनीतिमा उदाउन पनि सकिने विश्लेषणका साथ बादलले पत्नीलाई मन्त्रीमा पठाउने निधो लिए । अबको चुनावमा आफु नजिते पनि पत्नीलाई मन्त्री बनाउँदा समानुपातिकका रुपमा सुरक्षित गर्न सक्ने ठानेर बादलले पत्नीलाई मन्त्री बनाउन सिफारिस गरेका हुन् । त्यसपछि भने रायमझी, भट्टले समेत पत्तो नपाउने गरी बादलले आफ्नै श्रीमति र ज्वालाकुमारी शाहको नाम सिफारिस गरेर पठाए ।

त्यसपछि उनीहरु मन्त्री समेत बने । बादलले आफनै श्रीमतिलाई मन्त्री बनाएपछि अहिले एमाले छिरेको पूर्व माओवादी धारका नेताहरुका वीचमा भाडभैलो मचिचएको छ । बादललाई आफुहरुले माओवादीमा रहँदा समेत नेता नमानेको र अहिले पनि बादल आफुहरुको नेता नभएको तर ओलीले बादलमार्फत आफुहरुसँग डिल गर्न खोजेको भन्दै माओवादी धारका ति एमाले नेताहरु चिढिएका छन् ।

अब एमालेमा आफुहरु स्वतन्त्र पहिचानमा ओलीसँग डिल गर्न सक्ने / नसक्नेमा पनि पूर्व माओवादी समुहका नेताहरुका वीचमा छलफल शुरु भईसकेको छ । बादलले आफुहरुको नाम समेत भजाएर धोका दिएको निश्कर्ष सहित उनीहरु अहिले के गर्ने ? भन्नेमा विलखबन्दमा पर्न थालेका छन् ।