प्रहरीको नक्कली डिएसपी बनेर ठगी गर्ने एकजना काठमाडौंबाट पक्राउ

सफल खबर संवाददाता

मंगलबार, ०१ असार २०७८, ११ : ०४
प्रहरीको नक्कली डिएसपी बनेर ठगी गर्ने एकजना काठमाडौंबाट पक्राउ

काठमाडौँ । प्रहरीको ‘नक्कली डीएसपी’ बनेर ठगी गरेको आरोपमा प्रहरीले एक फार्मेसी सञ्चालकलाई काठमाडौंमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना (डा. एसके ढुंगाना) छन् ।

उनलाई तारकेश्वरस्थित उनैले सञ्चालन गरेको भिक्टोरीया फार्मेसीबाट प्रहरीले पक्राउ गरेको हो । महानगरीय अपराध महाशाखाका प्रमखु एसएसपी चन्द्र कवेर खापुङका अनुसार उनले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् ।

ढुंगानाले आफू ‘प्राविधिक प्रहरी कर्मचारी डाक्टर हुँ’ भनेर हिड्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले ढुंगानाविरुद्ध ठगी उद्योग र आफूले नपाएको ओहोदा पाएको भन्न नमिल्ने कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस