काठमाडौं । नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी गर्न दिइएको समय सकिनुभन्दा आधा घण्टाअघि राष्ट्रिय जनमोर्चाका कृष्ण थापा शनिबार गण्डकी प्रदेश प्रमुखको निवास प्रवेश गरे ।
जनमोर्चा संसदीय दलको नेता परिवर्तन नभएको पत्र उनले प्रदेश प्रमुख सीताकुमारी पौडेललाई थमाए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीको नेतृत्वमा ३१ सांसद उपस्थित भएर शुक्रबार मुख्यमन्त्री दाबी गरेका विपक्षीलाई थापाको कदमले झस्कायो । बहुमत दाबी गर्ने समय दिउँसो ३ बजेसम्म थियो ।
थापा प्रदेश प्रमुखलाई भेटेर बाहिरिएपछि तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले समेत दाबी प्रस्तुत गरेको खुल्यो । गुरुङले तीन आधार प्रस्तुत गर्दै मुख्यमन्त्रीमा दाबी गरेका थिए । पहिलो– एमाले संसदीय दलको पत्र, दोस्रो– जनमोर्चाका थापाको पत्र र तेस्रो– जनता समाजवादी पार्टीका महन्थ ठाकुरको पत्र ।
एमालेका २७, जनमोर्चाका ३ र जनता समाजवादी पार्टी (जसपा) का २ गरी ३१ सांसद आफ्नो पक्षमा रहेको उनको दाबी थियो ।जनमोर्चाले थापालाई कारबाही गरिसकेकाले शुक्रबारको प्रदेशसभा बैठकले उनलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखलाई पठाएको थियो ।
अघिल्लोपल्टको कारबाहीको मुद्दामा भने सर्वोच्च अदालतको अन्तरिम आदेशले उनको सांसद पद पुनर्बहाली भएको थियो । महन्थ पक्षधर सांसद नै नभएको गण्डकीमा जसपाका केन्द्रीय सदस्य शंकर गौतम र प्रदेश संयोजक अनिल परियारले प्रदेश प्रमुखसमक्ष आफ्ना सांसदको समर्थन गुरुङलाई रहेको पत्र बुझाएका थिए ।
स्वयं गौतमले उक्त पत्र पठाएको पुष्टि गरे । जबकि जसपाका दुई सांसद हरिशरण आचार्य र धनमाया लामाले शुक्रबारै विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरिसकेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ३० जेठ २०७८, ०७ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डकीमा संसद बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय
मुख्यमन्त्री नियुक्ती प्रकृया असंवैधानिक भन्दै कांग्रेसले प्रदेश प्रमुखलाई बुझायो पत्र
गण्डकीको बाह्र सय हेक्टरमा डढेलो
गण्डकीबाट कांग्रेसका किरण विजयी
गण्डकीमा गठबन्धन उम्मेदवारले दर्ता गरे मनोनयन
एक हजार चार सय योजना कार्यान्वयन गर्दै गण्डकी प्रदेश