काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक २६ र मंसिर ३ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारी साउनदेखि मात्रै अगाडि बढाउने भएको छ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा सुनुवाइका क्रममा रहेको र निर्वाचन तयारीका लागि समेत पर्याप्त समय रहेकाले आयोग यस्तो निष्कर्षमा पुगेको हो। यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन भई वैशाख १७ र २७ गते तोकिएको निर्वाचनका लागि भने आयोगले तत्कालै तयारीको काम अघि बढाएको थियो।
आयोग स्रोतका अनुसार संसद् विघटनसम्बन्धी मुद्दा सर्वाेच्च अदालतमा सुनुवाइकै क्रममा रहेको र निर्वाचनका लागि ५ महिना बाँकी रहेकाले तयारीको काम तीव्र नबनाइएको हो। ‘सरकारले निर्वाचन घोषणा गरेपछि त्यसको तयारी गर्नु आयोगको संवैधानिक दायित्व हो, त्यसमा हामी प्रतिबद्ध पनि छौं,’ एक आयुक्तले भने, ‘तर अहिले पाँच महिनाभन्दा बढी समय छ।
मुद्दा सर्वाेच्च अदालतमा सुनुवाइकै क्रममा छ। अदालतबाट निर्णय आयो भने हामीलाई सोही अनुसार अघि बढ्न झनै सहज हुन्छ।’ उनले यसअघि पहिलो पटक प्रतिनिधिसभा विघटन गरी गत वैशाख १७ र २७ मा तोकिएको निर्वाचनको तयारीका लागि गरिएको मतदाता नामावली संकलन, मतदान केन्द्र अद्यावधिकलगायतका थुप्रै काम आगामी निर्वाचनमा पनि काम लाग्ने भएकाले आयोगलाई तयारीको चाप नरहेको बताए।
‘संसद् पुनस्र्थापना भएको खण्डमा केही गर्नुपरेन, नभएमा अघिल्लोपटकको तयारी पनि काम लाग्छ, हामीसँग पर्याप्त समय पनि छ,’ उनले भने, ‘आयोगले साउन पहिलो सातादेखि निर्वाचन तयारीलाई तीव्रता दिन्छ।’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन घोषणा भए पनि निर्वाचन अवधि सुरु भइनसकेकाले हतार गर्नुपर्ने स्थिति नरहेको बताए।
‘निर्वाचन तयारीका लागि आयोगलाई आवश्यक पर्ने १ सय २० दिन हो,’ श्रेष्ठले नागरिकसँग भने, ‘आयोगसँग पर्याप्त समय छ, सामान्य तयारीको काम अहिले पनि भइरहेका छन्। निर्वाचनको मितिभन्दा १ सय २० दिनअघिदेखि तयारीले तीव्रता पाउँछ।’ नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २८ जेठ २०७८, ०७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश