‘अब जेठ २ को रटानको अध्याय सकियो, माधव नेपालका सर्त स्वीकारेर अब एकता हुँदैन’ : सूर्य थापा

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, ११ : ४७
‘अब जेठ २ को रटानको अध्याय सकियो, माधव नेपालका सर्त स्वीकारेर अब एकता हुँदैन’ : सूर्य थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव नेपाल पक्षले राखेको शर्त स्वीकार गरेर एकता नहुने उल्लेख गरेका छन् । 

सामाजिक संजालमा प्रतिक्रिया व्यक्त गर्दै सल्लाहकार थापाले नेता नेपालले राखेको शर्त स्वीकार गरेर पार्टी अब एकता नहुने बताएका छन् । उनले व्यङग गर्दै भनेका छन्–‘अब, यी शर्तमा नेपाल गुटसँग नभई नेपाली काँग्रेससँग बरु एकता हुन सक्छ ।’

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘अब जेठ २ को रटानको अध्याय सकिएको छ। माधव कु नेपालका सर्त स्वीकारेर त एकता हुँदैन । यी शर्तमा नेपाल गुटसँग होइन, देउवाको काँग्रेससँग बरु एकता होला । तेल निकाल्न बालुवा होइन तोरी पेल्नुपर्छ, ल्याङल्याङ अति भयो ! अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गरौं, असम्भव कोसिस छोडौं ।’

आइतबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि ६ बुँदे प्रस्ताव अघि सारेका थिए। 

प्रतिक्रिया दिनुहोस