जनकपुर । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर-राजेन्द्र महतो पक्षका ४ जना मन्त्रीलाई हटाएका छन् । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवका अनुसार पूर्वराजपा पक्षका ४ जना मन्त्रीलाई सन्तोषजनक कार्यसम्पादन गर्न नसकेको भन्दै हटाइएको हो ।
बर्खास्त हुनेहरुमा भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । मुख्यमन्त्री राउतले मन्त्रीहरुलाई पदमुक्त गरिएकोबारे प्रदेश प्रमुख राजेश झा अहिराजलाई जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयले मौजुदा मन्त्रिपरिषदको सूचि समेत प्रकाशित गरेको छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पार्टीको एक पक्ष केन्द्र सरकारमा सहभागी भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । अध्यक्ष यादवले मुख्यमन्त्री राउतकै नेतृत्वमा नयाँ सरकार बनाउन छलफल अगाडि बढाएका हुन् । अध्यक्ष यादवको उपस्थितिमा राउतलाई पार्टीको संसदीय दलको नेतासमेत चयन गरिएको छ । यादवले कांग्रेस र माओवादीलाई समेत सरकारमा सहभागी गराएर सत्ता टिकाउने प्रयास गरिरहेका छन् ।
प्रदेश २ सभामा १ सय ४ सांसद छन् । जसमा जसपा अध्यक्ष यादव पक्षमा ३२ र पूर्वराजपा पक्षमा २३ सांसद छन् । एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ सांसद छन् । यो प्रदेशमा एमालेका २१ मध्ये खनाल–नेपाल समूहमा बहुमत सांसद छन् । कांग्रेस र माओवादी केन्द्रको समर्थन रहने र अर्को सरकार बनिहाल्ने सम्भावना नभएकाले यादव प्रदेश सरकार पुनर्गठन गर्ने निर्णयमा पुगेका हुन् । कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ जेठ २०७८, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी
जसपाद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
सरकारलाई दिएको समर्थन फिर्ता लिने जसपा नेपालको संकेत