ओलीको आह्वानको रामकुमारीले गरिन् ठाडै अस्वीकार

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, ०६ : ४७
ओलीको आह्वानको रामकुमारीले गरिन् ठाडै अस्वीकार

काठमाडौं ।  एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताका लागि एकतर्फी घोषणा गर्नुको औचित्य नरहेको बताएकी छिन् । 

ओलीले आइतबार पार्टी एकताको आह्वानसहित ६ बुँदे प्रस्ताव अघि सारेपछि उनले त्यसलाई ‘पार्टी एकता हुन नदिन डिजाइनका साथ आएको  वक्तव्य’ भनेकी छिन् । 

‘यो साँच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन‘ झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ’, झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छिन्, ‘ त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने  डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु।’

उनले सुरूमा ओलीको वक्तव्य देखेर खुसी भएपनि बढ्दै जाँदा त्यसको औचित्य नदेखिएको उनको भनाइ छ । उनले ओलीले भनेजस्तो आफूहरुले अदालतमा दिएको हस्ताक्षर फिर्ता नगर्ने पनि स्पष्ट गरेकी छिन् ।  

‘बँदा ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसँग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र ? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन।’, उनले स्पष्ट गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस