काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षका पाँच जना नेता आज मन्त्री बन्ने भएका छन् । नेता राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिल झा, विमल श्रीवास्तव, उमाशंकर अरगरिया मन्त्री बन्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी राजेन्द्र महतोले पाउने भएका छन् ।
त्यसैगरी भण्डारी उर्जा जलस्रोत तथा सिचाई, श्रीवास्तव खानेपानी मन्त्रालय, झा शहरी विकास मन्त्री र अरगरिया युवा तथा खेलकुद मन्त्री बन्ने निश्चित भएको बालुवाटार स्रोतले जनाएको छ ।
राजकिशोर यादव र लक्ष्मणलाल कर्ण पनि मन्त्री बन्ने सम्भावना छ । महन्थ ठाकुर पक्षले अन्य मन्त्री बन्नेको नाम पनि सार्वजनिक गर्ने अन्तिम तयारी गरिरहेको छ । आज साँझसम्म उनीहरुले सपथ ग्रहण गर्नेछन् ।
बिहीबार भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा अोलीले ठाकुर पक्षलाई शहरी विकास मन्त्रालय, सँस्कृति तथा पर्यटन मन्त्रालय, खानेपानी मन्त्रालय, भूमी व्यवस्था तथा सहकारी मन्त्रालय, श्रम रोजगार मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र वन मन्त्रालय दिने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १५ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै
समाजवादी युवा सङ्घका केन्द्रीय अध्यक्ष नै जसपा नेपालमा