काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले बर्दघाट नगरपालिकाबाट अन्दाजी २७ लाख १९ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ।
आइतबार राति साढे १० बजेतिर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको संयुक्त गस्ती टोलीले मोबाइल टेम्पर ग्लास ४७ कार्टुन (२३,५०० पिस) र हुक्कामा प्रयोग हुने फ्लेवर ३२ कार्टुन (९८४ प्याकेट) फेला पारेको प्रहरीले जनाएको छ ।
बर्दघाट– ११, गैडहास्थित भित्री सडक खण्डमा बाटोको छेउमा लुकाइछिपाई राखेको अवस्थामा भेटिएको सो सामान आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने पहल भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ असार २०८३, १४ : ३६
लेखकबाट थप