पार्टीमा कुनै समूह छैन: मनिष झा

सफल खबर संवाददाता

सोमबार, ०८ असार २०८३, १३ : ०६
पार्टीमा कुनै समूह छैन: मनिष झा

काठमाडौं । रास्वपाका प्रवक्ता मनिष झाले आफ्नो पदाधिकारीमा दाबी स्वाभाविक भएको बताएका छन्। महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफूले पदाधिकारीमा अपेक्षा राख्नु स्वाभाविक भएको बताए ।

उनले भने, ‘मलाई के देख्न चाहनुहुन्छ भन्ने कुरा त प्रतिनिधिहरूले भन्नुहुन्छ होला, मैले मात्र इच्छा राखेर भएन। तर, स्थापनाकालदेखि यहाँसम्म आइपुग्दै गर्दा मैले पार्टीको लागि जुन किसिमको आफ्नो भूमिका निर्वाह गरेको छु, त्यसले गर्दा अब आगामी पदाधिकारीमा म आफूलाई दाबी गर्न सक्छु, आफ्नो अपेक्षा राख्न सक्छु। यसलाई स्वाभाविक रूपमा सबैले लिनुहोला ।’

उनले पदाधिकारीमा दाबी स्वाभाविक भएपनि कुन पदमा भने खुलाएनन् । उनले सबैतिरबाट आएकाहरूलाई महाधिवेशनले एकताबद्ध गरेर लैजाने बताए ।

उनले भने, ‘यो जिम्मेवारी हो, एउटा अवसर पनि हो। त्यसैले गर्दाखेरि हामी यसलाई आत्मसात् गर्दै अगाडि बढिराखेका छौँ। हिजो उद्घाटन समारोहमा सबै नेताहरूले एकताको, सङ्गठनमा कुनै समूह नरहेको, आफ्नो सिद्धान्त र निष्ठा प्रति कति इमानदार रहन्छ भन्ने पार्टी सभापतिले समेत उद्घाटन समारोहका मञ्चबाट उद्घोष गरिसक्नुभयो ।’

उनले रास्वपा राष्ट्रियता, लोकतन्त्र,गणतन्त्र र सुशासनप्रति प्रतिबद्ध रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस