काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष आज सरकारमा सहभागी हुने सम्भावना प्रबल बनेको छ । जसपाका एक नेताले दिएको जानकारीअनुसार ठाकुर पक्षका केही नेतालाई आज मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।
हिजो राति चार घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। त्यसलगत्तै जसपा अध्यक्ष ठाकुर पुनः बालुवाटार पुगि प्रधानमन्त्री ओली लगायतका नेतासँग सत्ता सहकार्यबारे ४ घंटा छलफलगरेपछि आज केही केही नेतालाई मन्त्री बनाउने तयारीमा ओली सरकार जुटेको छ ।
आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने सहमति प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ । यस्तै ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोग समक्ष पेश गर्ने तयारी पनि ठाकुर पक्षले गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ जेठ २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै