काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना १४ पार्टीको संयुक्त मोर्चा बनाइएको छ । यही जेठ १४ गते बसेको बैठकबाट संयुक्त मोर्चा बनाइएको हो । वर्तमान केपी ओली नेतृत्वको सरकारको विकल्पका साथै विद्यमान व्यवस्थाकै विकल्प खोजिनुपर्ने मोर्चाको ठहर छ ।
मोर्चाले अहिलेको व्यवस्थाको विकल्पमा जनगणतन्त्र÷वैज्ञानिक समाजवादी व्यवस्था हुनुपर्नेमा जोड दिएको छ । यस्तै मोर्चाले ओली इन्डो–अमेरिकी गठबन्धनको गोटीको रुपमा काम गरिरहेको आरोप लगाउँदै विज्ञप्तिमार्फत भनेको छ, ‘एमसीसी पारित गरी नेपालमा अमेरिकी सेना तैनाथ गर्ने तथा नेपाललाई भुटानीकरण गर्ने योजनामा लागेका छन् ।
सरकारले ल्याएको कथित नागरिकतासम्बन्धी अध्यादेश अल्पमतको सरकारलाई जोगाउने र विदेशी योजना लागू गर्ने उद्देश्यका लागि ल्याइएको हुनाले त्यसलाई फिर्ता लिन हामी जोडदार माग गर्दछौं । मोर्चाले विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई तत्काल रिहाइ गर्न पनि माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १० : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब
विप्लवको पार्टीलाई आज निर्वाचन आयोगले दल दर्ता प्रमाणपत्र दिने
विप्लव नेतृत्वको नेकपाले छाड्यो समाजवादी मोर्चा
विप्लव, जनार्दन र घनश्याम बीच भेटवार्ता
जनयुद्धजस्तै जेनजी विद्रोहपनि तुहिने खतरा छ : विप्लव
विप्लव नेतृत्वको कम्युनिस्ट पार्टी नेपालले आज काठमाडौँमा जनप्रदर्शन गर्ने