काठमाडौं । भुकम्पपछीको पुनर्निर्माणको कार्यलाई अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरी विश्वसामु प्रस्तुत गरिने भएको छ । भावी पुस्तालाई भुकम्प सम्वन्धि ज्ञान दिलाउनका लागि भुकम्पन संग्राहलयको निर्माण गरिने बजेट मार्फत उल्लेख गरिएको छ ।
आगामी आर्थिक वर्ष थप १३हजार ७ विद्यालयका १४ हजार १५५ कक्षा कोठा , १० ५ स्वास्थ्य संस्था, १९६ सांस्कृतिक सम्पदा र ३६ सरकारी भवनको निर्माण सम्पन्न गरिने लक्ष्य राखिएको छ ।
भुकम्पबाट क्षतिग्रस्त राष्ट्रपति भवन , हरीहर भवन , कसरमहल त्रिचन्द्र कलेज लगायतका भवनको पुनर्निर्माण आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यस्तै आगामी आर्थिक वर्ष ३९ स्थानमा एकिकृत वस्ती निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
आगामी आर्थिक वर्षको पुस मासान्तपछि भुकम्प पुनर्निर्माणको काम सम्वन्धित बिषयगत मन्त्रालयलाई हस्तान्तरण गरिने बजेटमा उल्लेख गरिएको छ । सिंहदरबार तथा धरहराको प्रवलीकरणका समेत गरी पुर्ननिर्माणको कामका लागि ३३ अर्ब ५५ करोड रुपयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १८ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली सेनाद्वारा बाजुराको बडी मालिका मन्दिर पुनर्निर्माण सम्पन्न
भूकम्पले जीर्ण बालाजु पौडी पोखरी एक दशकपछि पुनर्निर्माण
अझै सम्पन्न भएन लमजुङ दरबारको पुनर्निर्माण
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
बाढी पहिरोबाट क्षतिग्रस्त सडक र पुल पुनर्निर्माण गर्न २५ अर्ब लाग्ने