पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

शनिबार, १५ जेठ २०७८, १६ : १९
पछिल्लो २४ घण्टामा थप ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं ।  नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर ११६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर १ लाख ११ हजार ५०९ जना सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २३ घण्टामा ६ हजार ८० जना संक्रमित डिस्चार्ज भएका छन्। गत २४ घण्टामा १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस