काठमाडौं । नेता माधवकुमार नेपालले पटक–पटक जननिर्वाचित संस्था प्रतिनिधिसभा गलत मानसिकताका साथ पटक पटक विघटन हुनु गणतन्त्र समाप्त गर्ने कोसिस भईरहेको बताएका छन् ।
नेता नेपालले गणतन्त्र दिवसको अवसरमा सामाजिक संजाल फेसबुकबाट शुभकामना सन्देश दिँदै प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै पुनःविघटन हुनुले विडम्बनापुर्ण रहेको उल्लेख गरेका छन् ।
‘प्रतिनिधिसभालाई हठात् रूपमा गलत मनसायका साथ पटक–पटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस त भइरहेको छैन भन्ने आशंका उत्पन्न भएको छ,’ उनले भनेका छन्,‘सर्वोच्चको फैसलाको पूर्ण पाठ नआउँदै फेरि पनि प्रतिनिधिसभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो ।’
प्रधानमन्त्री केपी ओलाी माथि लक्षित गर्दै उनले संवैधानिक मूल्य र मान्यताविपरित चल्ने र राज्यका सबै अंगको हुर्मत लिई आफूमाहतह सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न नसकिने बताएका छन् ।
संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने नेता नेपालको भनाइ छ । उनले स्वतन्त्रता, सार्वभौमसत्तालगायतका रक्षाका लागि सशक्त आवाज उठाउन अहिलेको आवश्यक्ता रहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, ०९ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश