शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : ३८
शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ

काठमाडौं । शुक्रबारदेखि काठमाडौंमा निषेधाज्ञा थप कडाइ हुने भएको छ । स्थानीय प्रशासनले लम्ब्याएको जेठ २० गतेसम्मको निषेधाज्ञा अवधिमा किराना पसल समेत खोल्न पाइने छैन ।  

काठमाडौं प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले  निषेधाज्ञामा किराना पसल र डिपार्टमेन्टल स्टोर समेत खोल्न नपाइने जानकारी दिए । कोरोना संक्रमण दर कम नभएपछि यस्तो निर्णय गर्न बाध्य भएको उनले जानकारी दिए ।

तरकारी तथा दुधजन्य पदार्थ, फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको छैन । यस्ता पसल बिहान ९ बजेसम्म खोल्न पाइने छ ।