वीरगन्जमा थप ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, १२ : ०५
वीरगन्जमा थप ५ जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट उपचारको क्रममा थप पाँच जनाको मृत्यु भएको छ । उनीहरुको वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत हुँदाहुँदै मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुई, दुई जना र सर्लाहीका एक जना छन् । वीरगञ्ज३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो ।

बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा गरिएपछि उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ ।

त्यस्तै, बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक सरोज रोशन दासले बताए ।

त्यस्तै, सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उनको उपचारको क्रममा सोमबार बिहान पौने ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस