काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण मौसममा केही प्रभाव परेको विभागले जनाएको छ । अहिले प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
सोमबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी क्षेत्रका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।
यसैबिच पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून–चापीय क्षेत्र सोमबार (आज) बेलुकासम्ममा यास चक्रवातमा परिणत भई मंगलबारसम्ममा अति धेरै शक्तिशाली चक्रवात बन्ने देखिएको मौसमविदले बताएका छन् । उक्त चक्रवातको केही असर नेपालको भूभागमा समेत पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सो प्रणालीका कारण मंगलबार अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्यदेखि पूर्ण बदलीको भई बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, ०८ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौसम पूर्वानुमानको अनुमानमै सीमित विश्वास : 'प्रविधि छ, भरोसा छैन'
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी क्षेत्रमा धेरै वर्षाको सम्भावना