काठमाडौं । पार्टी निर्णायक विभाजनमा जान लागेका बेला नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले गन्तब्यमा नपु¥याउने भन्दै संवादका लागि आग्रह गरेका छन्।
‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तब्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि,’ हालै मात्र वरिष्ठ नेता माधव नेपाल पक्ष त्यागे संस्थापनतिर लागेका भट्टराईले लेखेका छन्, ‘पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो बिगतलाई हेरौं। धैर्य गरौं, संवाद गरौं।’
विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउ हस्ताक्षर गरेको भन्दै एमालले शनिबारको स्थायी कमिटी बैठकमा वरिष्ठनेताहरु झलनाथ खनाल, नेपालसहित ११ जना विघटित संसद सदस्यलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
यसअघि पनि एमालले नेपाल पक्षका सबै सांसदलाई स्पष्टीकरण सोधिएको थियो । तर, यहीबीचमा कार्यदल बनेर एमालेमा संवाद शुरु भएका कारण केही नेताहरुमाथि गरिरिएको कारबाही फुकुवा गरिएको थियो।
तर, पछिल्लो प्रकरणले एमाले भित्र संवादको सम्भवाना लगभग सकिएको छ। र, सम्भवतः स्पष्टीकरण सोधिएका सबैलाई एमालले कारबाही गर्ने ठानिएको छ। यही बेलामा माधव नेपाल निकट युवा नेता जीवन राईको नेतृत्वमा नेकपा एकीकृत दल निर्वाचन आयोगमा दर्ता भएको समेत खुलेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
योगेश भट्टराईले मागे ओलीको राजीनामा
योगेश भट्टराईको प्रश्न: कम्युनिष्ट आन्दोलनलाई वैचारिक बहसमा लैजाने कि विसर्जन गर्ने ?
अध्यक्ष ओली पक्राउको संयमित भएर विरोध गछौं : योगेश भट्टराई
पार्टीको माथिल्लो तहबाट हामीविरुद्ध अनर्गल लाञ्छना लगाउने काम भइरहेको छ: योगेश भट्टराई
जेन जेड आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजियो : योगेश भट्टराई
झापा-५ को चुनावी प्रचारमा योगेश भट्टराई दमकमा