काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटन तथा नयाँ निर्वाचनको घोषणाको विरोध गर्ने एक विद्यार्थी नेता पक्राउ परेका छन् ।
आज बानेश्वरमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको तस्बिरमा गोबर छ्याप्ने नेपाल विद्यार्थी संघका नेता नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो । कोरोना महामारीको बेला राष्ट्रपति र प्रधानमन्त्रीले थप संकटलाई निम्तो दिएका भन्दै सडक संघर्षमा आउन बाध्य भएको नेपाल विद्यार्थी संघले जनाएको छ ।
नेपाल विद्यार्थी संघले आज पक्राउ परेका त्रिपाठीलाई यथाशीघ्र विनाशर्त रिहाइको जोडदार माग समेत गरेको छ । यसैबीच, नेपाल विद्यार्थी संघले लोकतन्त्रवादी एक जुट भई संघर्षको बाटोबाट संविधानको संरक्षण र ओलीलाई सत्ताच्युत गर्न अब ढिलो गर्न नहुने समेत उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेविसंघले भन्यो : ‘सुकुम्वासी व्यवस्थापनमा दीर्घकालीन समाधान आवश्यक’
अस्तित्वमै नभएको विषयमा नीतिगत निर्णय अज्ञानताको पराकाष्ठा : नेविसंघ
बालेनले विद्यार्थी संगठन खारेज गर्न खोजे आगोको गोलामा हात हाले सरह हुनेछ: नेविसंघ
सञ्जीव खड्काले पाए नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी
बालेन र सुदनमाथि कारवाही नगरे संघर्षमा उत्रिने नेविसंघको चेतावनी
त्रिवि सिनेट बालुवाटारमा बोलाइएपछि नेविसंघले जनायो आपत्ति