कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो

पत्रपत्रिकाबाट

आइतबार, ०९ जेठ २०७८, ०७ : १४
कोरोना संक्रमण चक्र: उपत्यकामा स्थिर,बाहिर बढ्दो

काठमाडौं । एक सातायता काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या स्थिर छ।

दुई साताअघिको तुलनामा घटेर २ हजार ५ सयजनाको सेरोफेरोमा संक्रमण चक्र घुमिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। 

उपत्यकामा शनिबार २ हजार ३ सय २० जना, शुक्रबार २ हजार ४ सय २७, बिहीबार २ हजार २ सय ३२, बुधबार २ हजार ४ सय ८६, मंगलबार २ हजार ५ सय २३ नयाँ संक्रमित थपिएका थिए।

उपत्यकाको मात्र तथ्यांकलाई विश्लेषण गर्दा भक्तपुर र ललितपुरको तुलनामा काठमाडौंमा चौगुना बढी संक्रमित थपिएका छन्।  

एक सातायता संक्रमणको चक्र उपत्यकाबाहिरका गाउँगाउँमा तथा एक प्रदेशबाट अर्को प्रदेशमा बढेर गएको मन्त्रालयको तथ्यांकले औंल्याएको छ।

दुई साताअघिसम्म वाग्मती, लुम्बिनी र गण्डकीमा तीव्र रूपमा फैलिएको संक्रमण अहिले सुदूरपश्चिम, प्रदेश १ र २ मा बढ्दो क्रममा छ। त्यसैगरी सहरमा घरपरिवारभित्रै र गाउँमा समुदायमै कोरोना संक्रमण फैलिने क्रम जारी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रायले जनाएको छ।  नागरिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस