काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–३ स्थित लोचनीका विष्णु ऋषिदेवको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय पुजन राई छन् । ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
जेठ ७ मा ४० वर्षीय ऋषिदेवलाई उनले धारीलो हतियारले घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले हत्यामा प्रयोग भएको फलामको दाउ बरामद गरेको छ । पुजनलाई ईलाका प्रहरी कार्यालय बेलवारीले ज्यान सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ जेठ २०७८, १४ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या
१३ वर्षीया किशोरीको हत्या आरोपमा एकजना पक्राउ
धनुषामा गोली प्रहारबाट वडाअध्यक्षको हत्या, प्रहरी जवान पक्राउ
जबरस्ती करणी मुद्दामा कारागारबाट छुटेकै दिन राति श्रीमतीको हत्या
पाँचथरमा छोराद्वारा बाबुको हत्या
गुल्मीमा छोराले गरे बुवाको हत्या, आमामाथि पनि आक्रमण