काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेकपा एमाले माधव नेपाल पक्षका २७ सांसदले हस्ताक्षर गरेका छन् ।
राष्ट्रपतिले नयाँ सरकार बनाउन आह्वान गरेको समयभित्रै विपक्षी दल बहुमत सदस्यको दावीसहित शीतल निवास पुगेको छ । हस्ताक्षर संकलन पत्रमा माधव नेपाल पक्षका २७ सांसद रहेका कांग्रेसका एक नेताले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै १४९ सांसदको हस्ताक्षर शितल निवास पुगेको कांग्रेसका ती नेताले बताए । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा नेपाल पक्षका २८ सांसद अनुपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ जेठ २०७८, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सम्पत्ति शुद्धीकरण अनुसन्धानबारे देउवाको स्पष्टीकरण, ‘भ्रामक प्रचारबाट भ्रमित नहुनु'
प्रधानमन्त्री शाहलाई देउवाले दिए बधाई
देउवा सिंगापुरबाट हङकङ प्रस्थान
वार्ता सकेर देउवा भेट्न संस्थापन पक्षका नेता महाराजगञ्जमा
‘पार्टी फुटाउने प्रयास गरेका छन् तर फुट्दैन’ : देउवा
विशेष महाधिवेशनको निम्तो देउवाको सचिवालयले गर्यो अस्वीकार