प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : 'धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनाए भो त, ‘के को सारंगी -र्याई-र्याई'

सफल खबर संवाददाता

शुक्रबार, ०७ जेठ २०७८, ०९ : ४८
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार थापाको टिप्पणी : 'धारा ७६ (५) बमोजिम नयाँ प्रधानमन्त्री बनाए भो त, ‘के को सारंगी -र्याई-र्याई'

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बहुमत जुटाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौति दिएका छन् । सामाजिक सञ्जालमार्फतमा ट्वीट गर्दै थापाले १ सय ३८ जनाको मत देखाएर सरकार बनाउन प्रतिपक्षी दललाई चुनौती दिएका हुन् ।

उनले मार्गप्रशस्त भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको भन्दै प्रश्न समेत गरेका छन् । बहुमत सदस्यहरूको समर्थनमा नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री ओलीलाई विपक्षमै बस्न बाध्य गराउन उनले अन्य दलहरुलाई चुनौति दिएका छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन् : ‘मार्गप्रशस्त’ भनेको पदत्याग गरेको हो भन्ने नबुझेको हो कि बुझ पचाएको मित्रहरू ? बहुमत सदस्यहरू (१३८जना) को समर्थनमा धारा ७६ (५)बमोजिम नयाँ प्रधानमन्त्री बनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षमै बस्न बाध्य गरे भइहाल्यो त..
‘के को सारंगी -याई-याई
भयो जीवन तिरिमिरी झ्याई ?

प्रतिक्रिया दिनुहोस