काठमाडौं । राष्ट्रिय सभाअन्तर्गत बाग्मती प्रदेशतर्फ रिक्त एक सदस्य पदमा गठबन्धन उम्मेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् ।एमाले नेता तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै देवकोटा राष्ट्रिय सभामा विजयी भएका हुन् ।
हेटौंडा भुटनदेवी माविमा बिहीबार सम्पन्न मतदानमा थापालाई १ हजार ७४ मतभारले पछि पार्दै देवकोटाले राष्ट्रिय सभा यात्रा तय गरेका छन् । एमाले नेपाल–खनाल समूहबाट कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपातर्फबाट उम्मेदवार देवकोटा ५ हजार ८८ मतभार ल्याउँदै विजयी भएका हुन् । एमालेको ओली समूहबाट उम्मेदवार थापा ४ हजार १४ मतमै चित्त बुझाउन बाध्य भए ।
एमाले र माओवादी केन्द्र एकता भएर ‘नेकपा’ बन्दा माओवादीबाट गृहमन्त्री बनेका थापा बिहीबार हेटौंडाबाट एकसाथ दुई चोट बोकेर काठमाडौं फर्किएका छन् । ६ जेठ २०७८ थापाका लागि ‘कालो बादल’ लागेजस्तै बन्न पुगेको छ । उनीमाथि एकैदिन दुई बज्रपात आइलागेको छ ।
सर्वोच्च अदालतको आदेशले एमाले र माओवादी पूर्ववत् अवस्थामा फर्किंदा एमालेमै रहेर गृहमन्त्री भइरहेका थापालाई बिहीबार नै सर्वोच्च अदालतले गृहमन्त्रीबाट मुक्त गरिदियो । एमाले उम्मेदवार बनेर राष्ट्रिय सभा सदस्य उम्मेदवार बनेका उनले बिहीबार नै हार बेहोर्नु प¥यो ।
उत्साहसाथ मंगलबार राज्यशक्ति प्रयोग गरेर चुनाव जित्न हेटौंडा आएका थापा बिहीबार सबै जिम्मेवारीबाट मुक्त भएर चोट बोक्दै काठमाडौं फर्किनुपरेको हो । आफैंले गुमाएको राष्ट्रिय सभा सदस्य पदमा फेरि उम्मेदवार बन्दा उनले नमिठो पराजय बोकेका छन् । योसँगै उनको ‘राजनीतिक भविष्य के होला ?’ भन्ने प्रश्न खडा भएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ जेठ २०७८, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङको एक्सन : झापामा डीएसपीको मोबाइल खोसियो, सीडीओसमेत अनुसन्धानको दायरामा !
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ