काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समयसीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ।
शुक्रबार (आज)साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछ।
विपक्षी नेपाली कांग्रेससहितका दलहरूले शुक्रबार साँझसम्ममा नयाँ प्रधानमन्त्री दाबी गर्न नसके ओली नेतृत्व सरकारले संवैधानिक सबै प्रक्रिया पूरा गरी मंसिर दोस्रो साताका लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ।
नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ। यसअघि कांग्रेस नेतृत्वमा संयुक्त सरकार गठनका लागि जसपाले अस्वीकार गरेको थियो।
जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तयार नहुँदा ओलीको विकल्प दिन विपक्षी दल असफल भएका थिए। संवैधानिक प्रक्रिया अनुसार संयुक्त सरकार गठन गर्न सम्भव नभएपछि संसद्को ठूलो दलको हैसियतमा केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ०७ जेठ २०७८, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी
पूर्वराष्ट्रपति भण्डारी 'एमाले टोली नेता' बनेर चीन भ्रमणमा जादै, यस्तो छ भ्रमण तालिका
बुद्धको सन्देशलाई विश्वभर फैलाउनु पर्छः पूर्व राष्ट्रपति भण्डारी
होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउँछ: पूर्वराष्ट्रपति भण्डारी