वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छ्न्, 'देश जोगाउनुछ भने भोलि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छ'

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, २१ : ४८
वरिष्ठ अधिवक्ता शम्भु थापा भन्छ्न्, 'देश जोगाउनुछ भने भोलि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव ल्याउनुपर्छ'

काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ बताएको छन् ।

राष्ट्रपतिबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि अचानक आह्वान गर्नु संविधानलाई नै समाप्त पार्ने कदम भएको बताएका छन् ।

उनले भने ‘संसद बचाउने हो भने भोलि नै यो प्रधानमन्त्रीमाथि अविश्वास प्रस्ताव राख्नुपर्छ र नयाँ प्रधानमन्त्रीको नाम प्रस्तावित गरेर संसदबाट प्रक्रिया सुरु गर्नुपर्छ,’ रातोपाटीसँग थापाले भने, ‘अहिलेको अवस्थामा संसद बाँच्न जरुरी छ ।’

राष्ट्रपतिले हाकाहाकी संविधानलाई खत्तम पार्ने काम गरिरहेको थापाले जनाए । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षसमेत रहेका उनले भने, ‘यो महाभियोगयुक्त काम पनि हो, यो सामान्य कुरा होइन ।’

प्रतिक्रिया दिनुहोस