काठमाडौं । नेकपा (माओवादी केन्द)ले नयाँ सरकार गठनका लागि सिधै संविधानको धारा ७६ (५) प्रयोग गर्नुलाई संसद विघन गर्ने प्रधानमन्त्री र सरकारको तयारी रुपमा अर्थ्याएको छ ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संवैधानिक रुपले संविधानको धारा ७६ को ३ अनुसार बनेको सरकारले उपदफा ४ को अभ्यास गर्नुपर्ने भएपनि उक्त उपदफाको प्रयोग गर्दिन भनेर भन्न पाउने संविधानले परिकल्पना नगरेको बताए ।
उपधारा ५ अनुसार पनि नयाँ सरकार गठन गर्न निकै छोटो समय दिनुको उदेश्य नयाँ सरकार गठन नहोस् भन्ने रहेको गुरुङको दावी छ। ‘उपधारा ५ का लागि पनि जुन ‘टाइमफ्रेम’ तोकिएको छ, यो सरकार बन्न नसकोस् भन्ने उदेश्यबाट अभिप्रेरित भएको देखिन्छ,’ उनको भनाइ छ, ‘सरकारको नियत त्यति राम्रो छैन् । जसरी भए पनि संसद विघटन गर्ने तयारीमा उहाँहरु (राष्ट्रपति र प्रधानमन्त्री) हुनुहुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ जेठ २०७८, २१ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रसँग एकताको विपक्षमा खुले झलनाथसहित १४ जना नेता, अरु को-को छन् ?
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु