काठमाडौं । भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ।
ती अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्।
पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्।
बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण अस्पताल नेपालगन्जमा ११ जना संक्रमितले उपचार गराइरहेका छन्।
उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ। बाँकेमा तीन दिनयता संक्रमण दर क्रमिक रूपमा ओरालो लागे पनि अस्पतालमा गम्भीर अवस्थाका बिरामीको चाप भने नघटेको भेरी अस्पतालका एनेस्थेसियोलोजिस्ट डा. पारश पाण्डेले बताए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
विहीबार, ०६ जेठ २०७८, ०७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
काठेखोला गाउँपालिका आधारभूत अस्पताल निर्माण गर्दै
हेटौँडा अस्पतालमा चिकित्सक नहुँदा थन्किए उपकरण
बाजुराको जगन्नाथमा १० शैय्याको अस्पताल सञ्चालनमा
भेरी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा लिने बढे
कर्मचारी सञ्चय कोषले तोक्यो सञ्चयकर्ताले उपचार सुविधा पाउने अस्पताल