केपी ओलीसामु झुकेको भाइरल फोटो ! नियोजित कि संयोग ?

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, १३ : ०८
केपी ओलीसामु झुकेको भाइरल फोटो ! नियोजित कि संयोग ?

काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष झुकेर नमस्कार गरेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भाइरल फोटोप्रति आलोचना र टीकाटिप्पणी भइरहेको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको एमाले विवादको समाधान गर्न बसेको नेताहरुको बैठकमा केही नेताहरु ओलीसमक्ष झुकेर नमस्कार गरेको फोटो भाइरल भएको हो । यसरी झुकेर नमस्कार गर्ने नेताहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विष्णु रिमाललगायतका नेताहरु छन् । 

भुसाललगायतका एमाले नेताहरु प्रधानमन्त्रीसामू झुकेर नमस्कार गरेको तस्बिर नै भाइरल भइरहेको छ । नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले शुक्रबार बसेको एमाले बैठकमा खिचिएको तस्बिरबारे मुख खोलेका छन् । सामाजिक सञ्जालमा भाइरल भएपछि उनले सो तस्बिरबारे स्पष्टीकरण दिएका हुन्। धेरैले सामाजिक सञ्जालमा यस फोटोप्रति संयोग हो वा नियोजित हो भनेर प्रश्न गरेका छन् । नेता भुसालले उक्त फोटो बैठकमा प्रधानमन्त्रीलाई नमस्कार गर्न उठ्दै गर्दा कसैले खिचेको बताएका छन्।

प्रधानमन्त्री कार्यालयले यो योजनाबद्ध रुपमा सार्वजनिक गरेको हुनसक्नेतर्फ नेता भुसालले संकेत गरेका छन्। बैठकमा प्रधानमन्त्री कार्यालयका फोटोग्राफरबाहेक अरु कोही थिएनन् । नहुनुलाई संयोग मात्र हो वा होइन थाहा भएन’ भनी सो कार्यालयको विश्वसनीयता र गोपनीयतामाथि घनश्याम भुसालले प्रश्न उठाएका छन् ।