प्रधानमन्त्रीको सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

पत्रपत्रिकाबाट

शनिबार, ०१ जेठ २०७८, ०७ : ११
प्रधानमन्त्रीको  सपथमा ‘ईश्वर’ र ‘प्रतिज्ञा’ आउट

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार तेस्रोपटक प्रधानमन्त्री पदको सपथ ग्रहण गरेका छन्।

२०७४ फागुन ३ गते दोस्रो पटक दुईतिहाइ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका ओली पाँच वर्षे कार्यकाल पूरा नहुँदै गत वैशाख २७ गते विश्वासको मत प्राप्त गर्न नसकेपछि सबैभन्दा ठूलो दलको नेताका रुपमा बिहीबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। 

शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सपथ लिँदै गर्दा राष्ट्रपतिले पढेका शब्द ईश्वर र प्रतिज्ञा उच्चारण गरेनन्।

यसअघिका सपथ ग्रहण कार्यक्रममा पनि ईश्वर शब्द उच्चारण नगरेका ओलीले यसपटक सपथ ग्रहणका लागि उपलब्ध गराइएको पत्रमा उल्लेख गरिएको ‘सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्छु’ भन्ने वाक्यबाट प्रतिज्ञा शब्द उच्चारण गर्न पनि अस्वीकार गरे।  

सपथ ग्रहणका क्रममा प्रधानमन्त्री ओलीले उक्त शब्द उच्चारण नगरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः उच्चारण गर्न आग्रह गरेकी थिइन्।

तर प्रधानमन्त्री ओलीले असहज लाग्नेगरी ‘त्यो पर्दैन’ भनेर जवाफ फर्काएका थिए।  नागरिक दैनिकमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस