काठमाडौं । विज्ञले नेपालमा छोटो अवधिमा कोरोना संक्रमणबाट धेरैजनाको मृत्यु हुनुमा सही उपचारको अभाव कारण भएको निष्कर्ष निकालेका छन्।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा १ हजार ६ सय ७६ जनाको मृत्यु भएको छ। यो संख्या गत वर्षको तुलनामा तेब्बर हो। विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए।
नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ।
कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ। निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ। त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको हो।
कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशतलाई कुनै समस्या हुँदैन, १५ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर चाहिन्छ।
यो गम्भीर समूहका बिरामीका लागि समयमै अस्पतालमा पर्याप्त कोभिड वार्ड र आइसियु भएको भए मृत्यु संख्या कम हुने विशेषज्ञको आकलन छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०१ जेठ २०७८, ०६ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खामेनीको मृत्यु र विश्वको सावधानीपूर्ण प्रतिक्रिया
झापामा कार र मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु
गाजामा भएको इजरायली आक्रमणमा कम्तीमा पाँचजनाको मृत्यु
सर्लाहीमा ३ मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु
बाख्रा चराउन गएका व्यक्तिको ढुङ्गाले लागेर मृत्यु
कार फेवातालमा खस्दा एक युवकको मृत्यु