हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण

सफल खबर संवाददाता

शुक्रबार, ३१ बैशाख २०७८, १२ : ५४
हास्य कलाकार शिवहरि पौडेललाई कोरोना संक्रमण

काठमाडौं । हास्य कलाकार शिवहरि पौडेल कोरोना भाइरस संक्रमित भएका छन् । रुघाखोकीले ग्रस्त बनाएपछि पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको हो ।

उनको अहिले नैकापस्थित एपीअफ हस्पिटलमा उपचार भइरहेको छ । श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका उनको अक्सिजनको सहयोगमा उपचार भइरहेको बताइएको छ ।

‘मुखमा हान्नु जस्तो’ थेगोबाट समेत परिचित पौडेलले  हास्य टेलिश्रृखंला ‘जिरे खुर्सानी’ मा यो थेगो बेलेका थिए । पछिल्लो समय ‘लक्का जवान’ निर्देशन गरेर फिल्म निर्देशनमा डेब्यु गरेका पौडेल सानो पर्दामा भने लेखन, निर्देशन र अभिनयमा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस