कञ्चनपुर । कञ्चनपुरमा टयाक्टरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना युवाको मृत्यु भएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका–६ मौरीफाँटामा बिहीबार से१त ४४४१ नंको ट्र्याक्टरले से३प ३००४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ३० वर्षीय सुरज जप्रेल र २८ वर्षीय प्रकाश रोकायाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार प्रकाशको घटनास्थलमै र सुरजको उपचारका लागि धनगढी लैजाने क्रममा मृत्यु भएको बताइएको छ । मृतक दुवै कृष्णपुर नगरपालिकाका बासिन्दा रहेका छन् । ट्र्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ बैशाख २०७८, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु