काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सबै दलको सहमतिमा वर्तमान तथा पूर्वप्रधानमन्त्री बाहेकको नेतृत्वमा चुनावी सरकार बनाउने प्रस्ताव अघि सारेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले राजनीतिक दलका प्रमुख तथा पूर्वप्रधानमन्त्री रहेको एक निर्देशक समिति बनाउन सुझाव दिए ।
ट्वीट गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘मुलुकको वर्तमान संकट हल गर्न संविधानको धारा ७६ (२) बमोजिम सबै दलको सहभागितामा राष्ट्रिय सहमतिको सरकार बनाऔँ ।’ उनले सबै दलहको सहभागितामा बन्ने नयाँ सरकारले मुलुकका वर्तमान समस्या हल गर्ने र एक वर्षभित्र चुनाव गराउनुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १३ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाबुराम भट्टराई आज भारत जाँदै, यस्तो छ उनको कार्यतालिका
रवि लामिछानेलाई सशर्त रिहाको आदेश स्वागतयोग्य : बाबुराम भट्टराई
बाबुराम, जनार्दन र सन्तोषलगायतले आज पार्टी एकता घोषणा गर्दै
यो सबै मिलेर आगो निभाउने र नयाँ घर बनाउने बेला हो: बाबुराम भट्टराई
बाबुराम, जनार्दन र डीपी अर्याल लगायतबिच छलफल
निर्वाचनमार्फत देशको नेतृत्व लिएर अघि बढ्ने तयारी गर्नु : जेनजीहरुलाई बाबुरामको सुझाव