काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता नगर्ने भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको छलफलमा विश्वासको मत सम्बन्धी प्रस्ताव असफल बनाउने तर अविश्वासको प्रस्ताव तत्काल दर्ता नगर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागि कांग्रेस नेता बालकृष्ण खाँडले अविश्वासको प्रस्ताव ल्याइहाल्नुपर्ने अवस्था नरहेकोले प्रस्ताव ल्याउनपर्ने नदेखिएको बताए ।
विश्वासको मत नपाए प्रधानमन्त्री पदमुक्त हुनुहुन्छ र नयाँ सरकार गठनका लागि बाटो खुल्छ’, खाँडले भने ।
खाँडले नयाँ सरकार संविधानको धारा ७६ को २ अनुसार नै गठन गर्न राष्ट्रपतिले आह्वान गर्ने विश्वास समेत व्यक्त गरेका छन् । यसअघि नेपाली काँग्रेसले प्रधानमन्त्री ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बताउदैं आएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)