काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासका मतमा पार्टीको ह्वीप उल्लङ्घन भए क्षम्य नहुने बताएका छन् । प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने उनले बताए ।
उनले भने–‘संसदीय व्यवस्थामा ह्वीप उल्लङ्घन गम्भीर अपराध हो, ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,ु खाससखास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना गर्नैपर्छ । ह्वीप उल्लङ्घन क्षम्य हुँदैन ।’ उल्लघंन भए त्यसमा कुन प्रकृतिको कारबाही हुन्छ भन्नेमा उनले त्यो पार्टीले निर्णय गर्ने बताए ।
एमाले सांसद अनुपस्थित भएमा त्यसलाई पनि ह्वीप उल्लङ्घन मानिने भट्टराईको भनाइ छ ।‘उहाँहरू अनुपस्थित हुनु ह्वीप उल्लङ्घनको विषय हुन्छ, त्यसो भयो भने पार्टी केन्द्रीय कमिटी बैठक बसेर कारबाहीबारे छलफल गर्छ, उनले भने ।
भट्टराईले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूका लागि ह्वीप जारी गरेका थिए । भट्टराईले अझै पनि आफूहरूलाई खनाल(नेपाल पक्षका सांसद प्रतिनिधिसभामा उपस्थित हुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विश्वास रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको भावी अध्यक्षमा ओली निर्विकल्प
एमालेमा ७० वर्ष नाघेकालाई मानार्थ सदस्यता दिने र सदस्यता शुल्क नलिइने
एमाले विधान महाधिवेशन : अध्यक्षको जवाफसँगै आजै सम्मेलन समापन
एमाले विधान महाधिवेशन : आज थप तीन प्रतिवेदन पेस भएपछि समूहगत छलफल थालिने
एमालेको दोस्रो विधान महाधिवेशन सुरु
ओलीले विधान महाधिवेशनमा छलफलमै लान नचाहेका एमाले बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको यस्तो छ फरक मत (पूर्णपाठसहित)