काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासका मतमा पार्टीको ह्वीप उल्लङ्घन भए क्षम्य नहुने बताएका छन् । प्रतिनिधिसभामा ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी केन्द्रीय कमिटीले कारबाही गर्ने उनले बताए ।
उनले भने–‘संसदीय व्यवस्थामा ह्वीप उल्लङ्घन गम्भीर अपराध हो, ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,ु खाससखास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना गर्नैपर्छ । ह्वीप उल्लङ्घन क्षम्य हुँदैन ।’ उल्लघंन भए त्यसमा कुन प्रकृतिको कारबाही हुन्छ भन्नेमा उनले त्यो पार्टीले निर्णय गर्ने बताए ।
एमाले सांसद अनुपस्थित भएमा त्यसलाई पनि ह्वीप उल्लङ्घन मानिने भट्टराईको भनाइ छ ।‘उहाँहरू अनुपस्थित हुनु ह्वीप उल्लङ्घनको विषय हुन्छ, त्यसो भयो भने पार्टी केन्द्रीय कमिटी बैठक बसेर कारबाहीबारे छलफल गर्छ, उनले भने ।
भट्टराईले आइतबार प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरूका लागि ह्वीप जारी गरेका थिए । भट्टराईले अझै पनि आफूहरूलाई खनाल(नेपाल पक्षका सांसद प्रतिनिधिसभामा उपस्थित हुने र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विश्वास रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ बैशाख २०७८, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह