काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ विरुद्धका लडाइँमा राष्ट्रिय आविष्कार केन्द्रले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।
सिंहदरबारमा आज भएको भेटमा उहाँले केन्द्रको कार्य अनुकरणीय रहेकाले यसको सुदृढ जीवनका लागि लाग्न पुनलाई आग्रह गरे । सरकारका तर्फबाट आविष्कार केन्द्रलाई सक्दो सहयोग गरिने आश्वासन उनले दिएका प्रेस सल्लाहकार गणेश पाण्डेले बताएयो ।
कोभिड–१९ विरुद्धको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिकाको आवश्यक रहेकामा उपप्रधानमन्त्री पोखरेलले जोड दिएका थिए ।
सो अवसरमा केन्द्रका अध्यक्ष महावीर पुनले कोभिड–१९ को संकट आउनासाथ आफूहरुले ११ प्रकारका सामान तयार गरी निःशुल्क वितरण गरेको र अहिलेसम्म ३८ हजार ५०० थान पिपिई निःशुल्क वितरण गरिसकेको जानकारी दिए ।
वैज्ञानिक पुनले संकटकालीनावस्थामा त्यहीअनुसारको अध्यादेश र कानून बनाएर भए पनि जनताको जीवनरक्षा गर्न उपप्रधानमन्त्रीलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २६ बैशाख २०७८, १९ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले देश बनाउने शक्ति : ईश्वर पोखरेल
‘संविधान संशोधनका लागि मेरो उम्मेदवारी’ : ईश्वर पोखरेल
काठमाडौं-५ का मतदातासँग ईश्वर पोखरेलले मागे सुझाव
एमालेलाई कमजोर बनाउन र सिध्याउन अनेक षडयन्त्र भइरहेको छ: ईश्वर पोखरेल
काठमाडौं-५ बाट ईश्वर पोखरेल एकल सिफारिस
एमालेको अभियानमा मेरो संलग्नता र सहभागिता अटुट रहन्छ : ईश्वर पोखरेल